अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, असार ९ गते।

गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पोखराका एक ४५ बर्षीय पुरुषसहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सोमबार बेलुका तनहुँका १६ जना पुरुष तथा एक महिला, स्याङजाका ८ जना पुरुष तथा एक महिला, बागलुङका ८ जना पुरुष, गोरखाका ९ जना पुरुष तथा २ महिला, लमजुङका ५ जना पुरुष तथा पर्वत, नवलपुर र कास्कीका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ९३ पुगेको निर्देशनालयले जनाएको छ ।