मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु

अनलाईन न्युजपाटी ,बिराटनगर, समाचारदाता, असार १२ गते।

बिहिबार राती कानेपोखरी गाउँपालिका–७ मा स्थित महेन्द्र राजमार्गमा दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले पैदल यात्री महिलालाई ठक्कर दिदाँ अनियन्त्रित भई विपरीत दिसाबाट आउदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकल पनि ठक्कर दिएको थियो ।

स्कोरपिओको ठक्करबाट मोटर साइकलमा सवार दुई पुरूष र पैदल यात्री महिलाको मृत्यु भएको  प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।

दुर्घटनामा पैदलयात्री अन्दाजी ४५ वर्षीय  पहिचान नखुलेकी महिलाको घटना स्थलमै मृत्यु भएको छ ।  मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको उपचारका लागी नोबेल मेडिकल कलेज लाने क्रममा बाटैमा र पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङको  उपचारको क्रममा  मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *