अनलाईन न्युजपाटी ,कर्णाली, समाचारदाता, असार १२ गते।
कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ।

शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७२० पुगेको महाशाखाले जनाएको छ।