अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १८ गते।
गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।बिहीबार दिउसो गण्डकी प्रदेशका २ जिल्लाका थप १७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १ पुरुष र लमजुङका १५ पुरुष तथा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखराका ३३ बर्षीय पुरुष , लमजुङका २४ देखि ६० वर्षा उमेर समुहका १६ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।
आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।