अनलाईन न्युजपाटी, कैलाली,समाचारदाता, मंसिर २२ गते।
कैलालीमा काठको पुलबाट मोटरसाईकल खस्दा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भिर घाईते भएका छन्। जिल्लाको चसपानीबाट मोहन्याल हुँदै भे ८ प ५०६१ नम्वरको मोटरसाईकलमा सुर्खेत गईरहेका सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका ३५ वर्षीय पवन गिरीको मृत्यु भएको हो।
उनको उपचारका क्रममा लालरत्न अस्पताल लम्किमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले अनलाईन न्युजपाटीलाई जनाएको छ। मोटरसाईकल चालक कुमार विक गम्भिर घाईते भएका छन्। उनलाई लम्किको लालरत्न अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार सुर्खेत जाँदा कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ मा रहेको काठको पुल तर्ने क्रममा उनीहरु चढेको मोटरसाईकल अनियन्त्रित भएपछि मोटरसाईकल सहित दुवै जना खोलामा खसेका थिए।