अबैध भारु र नेपाली रकम सहित चार जना सिरहाबाट पक्राउ

अनलाईन न्युजपाटी, सिरहा,समाचारदाता, मंसिर २२  गते।

भगवानपुर बाट खटिएको गस्ती टोलीले भगवानपुर गा.पा १ स्थितमा अस्थाई प्रहरी पोष्ट सिरहाको भगवानपुर चौकबाट हिजो बेलुकी २:३० बजेको समयमा लहानबाट ठाडी तर्फ जादै WB06F7232 नम्बरको कारलाई चेकचाँच गर्दा जिल्ला सिरहा कर्जन्हा न.पा ९ बस्ने वर्ष २७ को उमेश कुमार महराको साथबाट भारु रू चार लाख, लहान न.पा. १९ बस्ने वर्ष ३४ को जिवछ कुमार साहको साथबाट भारू रु, एक लाख उनन्तिस हजार गरी जम्मा भारु रकम रु, पाच लाख उनन्तिस हजार, साथै लहान न.पा.२० बस्ने वर्ष ४० को श्रिदेब महतोको साथबाट नेपाली रु ४९,००० बरामद गरी रकम बोक्ने ३ जना व्यक्तिहरु, सहित गाडी र गाडी चालक जिल्ला सुनसरी रामधुनि न.पा. ९ बस्ने वर्ष ३६ को श्रवण कुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *