अनलाईन न्युजपाटी, इटहरी,समाचारदाता, मंसिर २२ गते।
इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सुर्य कम्लेक्समा रहेको बिग बारमा आगलागी भएको थियो । बिग बार रेष्टुरेण्टबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । साढे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले अनलाईन न्युजपाटीलाई बताए । विरानगर,दमक,सप्तरी,धरानको २वटा दुहवी,महेन्द्रगर सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको साहयतामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाए । चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । आगलागीको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले अनलाईन न्युजपाटीलाई जानकारी दिए । रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले भने २ करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरे ।