कि त सडक मर्मत गर वा दैनिक १५ मिनेट थपिने गरि स्थानीयले सुरु गरे चक्काजाम

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर २२ गते।

सडक मर्मत नभएको भन्दै सुन्दरदुलारी वडा नम्वर ४ र ५ का स्थानीय आन्दोलीत भएका छन् । लामो समय देखी सडक मर्मत नगरेको भन्दै स्थानीय बासीले शनिबार देखी सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएको बताएका छन् ।

सुन्दरहरैचाको ४ नम्वर र ५ नम्वर वडामा पर्ने बाँसभारी चौकमा लामो समयदेखी पुर्व पश्चीम राजमार्ग भत्कीएको छ । भत्केको राजमार्गमा सवारी कुद्दा दैनिक साना दुर्घटना भएको र धुलोको कारण छेउ छाउमा वसी नसक्नु भएको कारण आफुहरु आन्दोलीत हुनु परेको स्थानीय दिपेश श्रेष्ठले अनलाईन न्युजपाटीलाई बताएका छन् ।

श्रेष्ठले पटक पटक सडक डिभिजन कार्यालय बिराटनगर लाई ध्यानाकर्षण गराएको भए पनि कुनै सुनुवायी नभएको कारण आफुहरु आन्दोलीत हुनु परेको बताएका छन् ।

दुई बर्ष अघि आएको बाढीले बगाएको सडक आज सम्म सामान्य मर्मत सम्म नहुँदा स्थानी आजित भएको तेज बहादुर पुरीले बताएका छन् । पुरीले धुलोको कारण घरमा बसीनसक्नु भएको भन्दै स्थानीय ब्यवसयी लाई झनै असहज भएको दुखेसो पोखे ।

उनले यस स्थानमा दैनिक साना ठुला दुर्घटना हुने गरेको पनि जानकारी गराएका छन् । उनले स्थानीयको आक्रोस अहिले सम्म सान्ती पुर्णनै रहेको भन्दै सम्वन्धीत निकाय लाई छिटो ध्याना पुग्न जरुरी रहेको बताए ।

पुर्व पश्चीम राजमार्ग भएको कारण दैनिक हजारौंको संख्यामा सवारी साधन कुद्ने सडकको झण्डै पाँच सय मिटर सडक दयनिय अवस्था रहेको छ । स्थानीयको दवाव परेको कारण केहि महिना सडक डिभिजन कार्यालय बिराटनगरले पानी छेपे पनि अहिले त्यो पनि बन्द गर्दा स्थानीय आक्रोषित भएका छन् ।

उनिहरुले दैनिक रुपमा १५ मिनेट बाट बढाउदै गाडी बन्द गरी आन्दोलन गर्ने जानकारी गराएका छन् । यता सडक डिभिजन कार्यालयले भने यसको बिषयमा कुनै प्रतिक्रिया दिन मानेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *