अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर २१ गते।
नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको ३६ औ प्रज्ञासभा द्धारा बि.स २०७२ सालमा बिज्ञान तथा प्रबिधिका बिभिन्न क्षेत्रमा कार्यरत नेपाली बैज्ञानिक प्रबिधिज्ञहरुको सम्मानको लागि स्थापना गरिएको छ । बि.स २०७६ सालको नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक डा. परशुराम मिश्र लाई प्रदान गरिएको छ । प्राध्यापक डा.परशुराम मिश्रले शिक्षण पेशाको सुरुवात जनकपुरधाममा पर्ने राम स्वरूप राम सगर बहुमुखी (रा.रा. ब ) क्याम्पसबाट रसायन बिषयको प्राध्यापक बाट भएको हो भने, हाल वहा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक हुनुहुन्छ । यो पुरस्कार वहा लाई Anti Microbial, Anti Cancer, Pollution Control का लागि Metal Drug interaction क्षेत्रमा अनुसन्धान गरि योगदान पुर्याए बापत प्रदान गरिएको हो । अनलाईन न्युजपाटीले वहाको प्राबिधिक सोध कार्यहरुमा अझ सफलता हुदै जाऒस साथै सुस्वास्थ्य तथा दिर्ग आयुको हार्दिक कामना गर्दछ ।