अनलाईन न्युजपाटी,नवलपुर,समाचारदाता,पौष १५ गते।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर २ स्थित शान्तिटोलमा गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लाग्दा पूर्णरुपमा क्षति भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलमा एक्कासि आगो लाग्दा मोटरसाइकल चालक भने भागेका छन् । मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएकाले मोटरसाइकलको विवरण नखुले पनि एनएस मोडलको मोटरसाइकल रहेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले घटनास्थलबाट क्षति भएको मोटरसाइकल नियन्त्रणमा लिई कार्यालयमा लगेको छ । घटनामा मोटरसाइकलको क्षतिबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भने भएको छैन । मोटरसाइकलमा लागेको आगो स्थानीयले पानीको मद्दतबाट नियन्त्रणमा लिएका थिए ।