धनगढीको गौतम स्टोरमा भिषण आगलागी, ३५ लाखको क्षती

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १५ गते।

धनगढीको जुत्ताको होलसेल पसल सिद्ध गौतम स्टोरमा सोमवार राति आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा न. ४ मा रहेको महेश पोखरेलको स्टोरमा आगलागी हुँदा झण्डै ३५ लाख बराबरको क्षती भएको छ।

धनगढी उप–महानगरपालिकाको दमकलको सहयोगमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले अनलाईन न्युजपाटीलाई जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *