अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ  ,समाचारदाता , भदौ ८।

 आइतबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ ।शुक्रबार यसको एकको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा थियो । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । शुक्रबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो ।कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा थियो ।आइतबार यूएई दिर्हामको मूल्य पनि घटेको छ । आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा थियो ।आज कोरियन वनको भाउ पनि घटेको छ । नेपाल राष्ट्रबैंकले आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा तोकेको छ । शुक्रबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा थियो ।कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९२ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७७ पैसा थियो ।यस्तै बहराइन दिनारको मूल्य पनि घटेको छ । यसको १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा पुगको छ । शुक्रबार यसको १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *