दाङ्गको एक होटलमा सुतेका एक युवा मृत फेला

अनलाईन न्युजपाटी,दाङ्ग  ,समाचारदाता , भदौ ८।

गएराति दाङ्गको एक होटलमा बास बसेका  एक युवा आईतबार विहान मृत फेला परेका छन् । घोराही–१५  ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये  दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय  लालु घर्ती मृत फेला परेका हुन् ।भारतबाट रोजगारी गरेर फर्किएका ६ जना  त्यस होटलमा  हिजो साँझ बास बसेका थिए  । ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए । भने, विहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य बाहिर आउने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *