भोलि एनएमबि बैंक बन्द हुने, कारोबार सबै अवरुद्ध

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज ९  गते ।  

एनएमबि बैंक शुक्रबार बन्द हुने भएको छ । ओम डेभलपमेन्ट बैंककसँग मर्ज हुने भएपछि भोलि दुवै बैंकको सेवा बन्द हुनेछन् । दुवै बैंकको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नुपर्ने भएकाले बैंकको सेवा बन्द हुँदैछ । असोज ११ गतेदेखि दुई बैंक मर्ज भइ एकीकृत कारोबार सुरु गर्दैछन् । शुक्रबार बैंकको सम्पूर्ण एकाउन्टको कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम-पीओएस रेमिट्यान्सलगायत सबै सेवा अवरुद्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *