यस्तै निरन्तर मूल्य वृद्धि भए तीजमा तोलाको ७० हजार पुग्छ सुन

काठमाडौं साउन २० अनलाईन न्युजपट्टि । केही दिनदेखि निरन्तर वृद्धि हुँदै आएको सुनको मूल्य अझै बढ्ने सके संकेत देखिएको सुनचाँदी व्यवसायीहरुको भनाइ छ । नेपाल बजारमा सोमबार छापावाल सुनको मूल्य एकैपटक प्रतितोला १५ रुपैयाँले वृद्धि भई सयले बढेर ६७ हजार ८ सय रुपैयाँ पुगेको अवस्थामा सुनको मूल्य अझै बढ्ने व्यवसायीहरुले बताएका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका र चीनबीच व्यापार युद्धका कारण सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । यस्तै स्थिति जारी रहे सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुग्न सक्ने शाक्यको भनाइ छ । सुनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण नयाँ डिजाइनका गहगहना बनाउने भन्दा पहिला बनाएका गहना बेच्नेको संख्यामा वृद्धि भएको शाक्यले बताए । नयाँ डिजाइनमा गहना बनाउने ०.२५ प्रतिशत छ भने पुरानो गहना बेच्ने ५० प्रतिशत रहेको शाक्यले बताए । 

अनलाईन न्युजपट्टि संचारकर्मी संग कुरा राख्दै शाक्यले भने ‘हिन्दू महिलाको विशेष चाड तीज नजिकिँदै गर्दा सुनको कारोबार उच्च हुने अपेक्षा थियो । तर, मूल्य वृद्धिका कारण नयाँ गहना बनाउनमा अहिले कारोबार घटेको छ । विगतमा अन्य सिजनमा भन्दा तीजको बेला सुनको कारोबार ७५ प्रतिशत वृद्धि हुने गर्थो । अहिले भने बेच्नेको संख्यामा वृद्धि भएको छ ।’ 
उनका अनुसार तत्काल सुनको मूल्य घट्ने संकेत देखिएको छैन । यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो ।  यसैबीच सरकारले बहुमूल्य गहना व्यवसायमा विद्यमान समस्याको अध्ययन र विश्लेषण गरी समाधानको उपाय पहिचान गर्न वाणिज्य तथा आपूर्तिसचिवको संयोजकत्वमा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *