संचालनमा रहेका ४ सिमेन्ट उद्योग कारबाहीमा

अनलाईन न्युजपट्टी, साउन २२

गुणस्तर तथा नापतौल विभागले संचालनमा रहेका ४ वटा सिमेन्ट उद्योगलाई कारबाही गरेको छ। ती सिमेन्ट उद्योगको उत्पादनमा नेपाल गुणस्तर बमोजिम मापदण्ड नभएकाले कारबाही गरिएको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताए।

मोरङमा रहेको नेपाल अल्ट्राटेक सिमेन्टको ओपिसी सिमेन्टको बिक्री वितरणमा रोक लगाइएको छ। चितवन सिमेन्ट प्रालिको पिपिसी सिमेन्टको इजाजत रद्द गरिएको विभागले जनाएको छ।

विभागका अनुसार भैरहवा रहेको नेपाल अम्बुजा सिमेन्टको ओपिसी इजाजत पत्र स्थगगन गरिएको छ भने जानकी सिमेन्ट प्रालिको ओपिसी सिमेन्ट बिक्रि वितरणमा रोक लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *