अनलाईन न्युजपाटी, बिराटनगर समाचारदाता, साउन ३०।
मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् ।
सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत् कटौतीले झनै निराश बनेका छन् । अनलाईन न्युजपाटीका समाचारदाता कुरा गर्दै भने “हाम्रो समस्या कहाँ पोखौं ?” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन, “समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?”