अनलाईन न्युजपाटी,कार्तिक १ गते।
एजेन्सी: मेगास्टार अमिताभ बच्चन पछिल्लो ३ दिनदेखि अस्पतालमा छन् । उनको कलेजोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको मुटुको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ । भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उनलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि उनको अस्पतालमै उपचार भैरहेको छ ।सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उनमा समस्या हुन थालेको बताइएको छ । खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उनलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो ।अहिले उनको कलेजोले ७५ प्रतिशत काम गर्न छोडिसकेको छ । जसको कारण सिरोसिस बताइएको छ ।अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ । उनलाई जुहुस्थित नानावती अस्पतालमा राखिएको बताइएको छ । प्रायः बलिउड कलाकारलाई यसको जानकारी पनि दिइएको छैन ।