काठमाडौंका २३ निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा डिपो सञ्चालक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, कार्तिक १ गते।

निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको छ ।अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित डिपो सञ्चालकलाई पक्राउ गरेको हो । उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए । पक्राउ पर्नेमा गुण्डानाइके बाघेसमेत रहेका छन् । उनी जेबीएस सप्लायर्सकासञ्चालकसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *