जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध गम्भीर घाइते

अनलाईन न्युजपाटी ,जनकपुर  ,समाचारदाता, भदौ ५  ।

जनकपुर मोटरसाइकलको ठक्करबामट एक वृद्ध पैदल यात्री गम्भीर घाइते भएका छन् । बिहीबार विहान जनकपुरको रामान्दचोकमा जलेश्वर तर्फ जाँदै गरेको ज.७ प.८०२८ नम्बरको मोटरसाइलले ठक्कर दिँदा पहिचान खुल्न नसकेका करिब ६५ वर्षका वृद्ध घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका वृद्धको जनकपुर अञ्चल अस्पतालमा उपभार भइरहेको र ठक्कर दिने चालक र मोटरसाइकल नियन्त्रणमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *