अनलाईन न्युजपाटी ,बिराटनगर ,समाचारदाता, भदौ ५ ।
नजिकिँदै गरेको रथयात्रालाई मध्यनगर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाउन थालेको छ । आउँदो शनिवार भदौ ७ गते विराटनगर महानगरपालिका वडा नम्बर १ बाट निस्कने रथयात्राको दिन एक हजार ७ सय प्रहरी परिचालन हुने भएको हो । राधाकृष्ण मन्दिर परिसरबाट निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रामा मोरङ प्रहरीले एक हजार ७ सय प्रहरी परिचालन गर्न लागेको हो । रथयात्राको दिन दुईसय जना सादा पोशाकमा र एक हजार पाँच सय जना पोशाकमा हुने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । त्यस्तै सुरक्षालाई ध्यानमा राखेर सशस्त्र प्रहरी पनि परिचालन गरिनेछ ।
विराटनगरको रथयात्रा ऐतिहाँकि रथ यात्रा हो । रथयात्राको दिन ठुुलो संख्यामा भक्तजनको सहभागीता रहने भउकोलेसुरक्षा चुनौति पनि उत्तिकै रहने भएकोले विशेष सुरक्षा योजना अपनाईएको एसपी अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले रथयात्राको दिन ड्रोन क्यामेराबाट पनि निगरानी गरिने बताए । ‘१५ प्रकारको सुरक्षा योजना अपनाएको छौं,’ उनले भने, ‘महानगरको बिभिन्न १० स्थानमा विशेष निगरानी राखेका छौं ।’
हरेक बर्ष प्रहरीले सुरक्षा सतर्कता र उच्च सुरक्षा निगरानी गर्ने गरेको बताउँदै आउने गरेको भएपनि चोरी हुने र लुटिने क्रम हरेक बर्ष रोकिएको छैन । भिडभाडका बिचमा रथयात्राको क्रममा दर्शन गर्न आएका भक्तजनका सुनका सिक्रीहरु लुछिने, मोटरसाईकलहरु चोरी हुने तथा भिडभाडको मौका छोपेर अबैध गतिबिधि भने रोकिएका छैनन् ।