अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ ८ गते ।
जनकपुरमा ११ महिना पान पसल संचालन ग़री प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्राको लागि निस्किने गरेको २४ वर्षीय रञ्जितको हिम्मत र साहसलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सार्वजनिक स्थलमा प्रशंसा गर्दै प्रदेशको विशेष दूत बनाउनु पर्ने बताईसकेका छन ।
तराई मधेशका एक जना युवा साधारण साइकलले विश्वको सर्वोच्च शिखर सागरमाथ चढ़नलाई जान लागेको भन्दा यहाँलाई विश्वाश नहुन सक्ला तर यो यथार्थ हो ।धनुषा जिल्ला जनकपुरधाम निवासी रञ्जित साह आफ्नो सपना पूरा गर्न साइकलबाट नै सर्वोच्च शिखर सागरमाथा चढ़न भनेर भोली (सोमवार) माता जानकीको दर्शन गर्दै विहान हीरो रोयल साइकलले आफ्नो यात्राको शुरुवात गर्न लागेको स्वयं रञ्जितले जानकारी दिएका छन ।
यसअघि दर्जनौं स्थानमा हजारौं किलोमिटर सम्मको सफल यात्रा गरिसकेका रञ्जित सागरमाथा चढ़न पहिलो चरणमा सगरमाथा बेस क्याम्प सम्म जान लागेका हुन । रञ्जितले भने, ‘ अहिले नै सगरमाथा चढ़ने होइन पहिलो चरणमा सगरमाथा बेस क्याम्प सम्म साधारण साइकलले जानेछु ।’
सामान्य परिवारमा जन्मेका रञ्जितलाई घर परिवारबाट पनि यस्तो साइकल यात्रामा जान प्रोत्साहन भेटदै आएको रञ्जित भन्छन, ‘पछ्छिलो पटक साइकलले पाथीभराबाट फर्किने क्रमम बूबा सिकिस्त विरामी भएर विराटनगर अस्पतालमा हुनुहुथ्यो तर आमाले छोरा तिमि आफ्नो यात्रा पूरा गरेर नै आउ भन्नु भयो ।’
मधेश आन्दोलनको बेला गाड़ी बन्द भएको समयमा काठमाण्डौबाट आएका साथीलाई लिन बर्दीबास साइकलले नै गएको देखि रञ्जितले साइकल यात्रा आरम्भ गरेको समझिदै भने, ‘म देशमा शान्ति र भाईचाराको संदेश दिन नै यस पटकको साइकल यात्रा सुरु गरेको छू ।’जात र समुदायमा विभाजित नेपाली समाज हामी एउटै देशको नागरिक हौ भन्ने मूल संदेश दिन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नै सगरमाथा वेश क्याम्पसम्म साइकल यात्रा आरम्भ गर्न लागेको साहको तर्क छ ।
यसअघि साइकल यात्रि रञ्जित ‘तराई -पहाड़- हिमाल, हाम्रो मातृभूमि नेपाल’ मूल नाराका साथ २०७२ साल भदौ २१ गते जानकी मन्दिरदेखि काठमाण्डौको पशुपतिनाथसम्म २५० किलोमिटरसम्मको यात्रा एक दिन मैं तय गरेका थिए । त्यसै वर्ष असोज महिनाको ७ गते जनकपुरदेखि हलेसि महादेव , खोटांग सम्म साधारण होरो साइकलले यात्रा गरे । त्यस्तै २०७४ सालमा मुस्ताङ्ग जिल्लाको मुक्तिनाथ, २०७५ सालमा जनकपुर देखि भारत उत्तर प्रदेशको अयोध्या हुंदै लखनऊ सम्म साइकलले धार्मिक यात्रा, त्यसै वर्षको चैत्रमहिनामा ताप्लेजुंगको पाथीभारा र यस वर्ष पनि ‘तराई पहाड़ हिमाल , हाम्रो मातृभूमि नेपाल ‘ मूल नाराका साथ सगरमाथा बेस क्याम्प सम्म हिरो रोयल साधारण साइकलले यात्रा गर्न लागेका छन ।
बेस क्याम्प यात्रामा जानू पूर्व रञ्जितले नेपाल सरकारको पर्यटन मन्त्रालय, मधेशी आयोग, प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालय, स्थानीय सरकारसंग समेत अनुमति पत्र लिईसकेका छन । रञ्जितको अर्को खासियत के पनि छ भन्ने उनले कसैसंग एक रुपैयाँ नगद सहयोग अहिले सम्म लिएका छैनन । रञ्जित भन्छन, ‘ पैसा त सहयोग लिँदै लिदिन यदि जिद्दी गरेर कसैले केहि दिएपनि त्यो दान नै ग़री दिने गरेको छू ।’सगरमाथा बेस क्याम्पसम्म जान झन्डै ४० देखि ५० हजारसम्म लाग्ने भएपनि त्यसको लागि पनि उनी स्वयं नै पैसाको जोहो गरेका छन ।
सगरमाथा यात्राको क्रममा मलाई ५० लाख रुपैयाँसम्म लाग्ने भएकोले त्यति बेला मलाई पैसाको सहयोग चाहिन्छ होला रञ्जितको भनाइ रहेको छ । उनी भन्छन म ९ गते (भोली) सोमवार विहान ७ बजे, जनकपुरको जानकी मन्दिरबाट जाने बेला मलाई आशीर्वाद दिन र मनोवल बढाउन जनकपुरवासी आई दिए हुन्छ ।”