अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता, भदौ ९ गते ।
महोत्तरीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्याक्टरमा काम गर्ने महोत्तरीको बर्दिबास नगरपालिका ४ बस्ने वर्ष २२ को बुद्ध थिङ रहेका छन् ।आइतबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका ४ बरडाँडा माईथानस्थित सडकमा ना.५ त ६९५३ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।थिङको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।