जलेश्वर जेलमा बुहारी हत्या अभियोगमा रहेका जनकपुरका देवनारायणको मृत्यु

अनलाईन न्युजपाटी, महोत्तरी ,समाचारदाता, भदौ ११ गते ।

महोत्तरीको जलेश्वर कारागारमा एक थुनुवाको बुधबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ किशोरी नगर घर भई बुहारी हत्याको कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ६७ वर्षका देवनारायण ठाकुर छन् ।

जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठका अनुसार ठाकुर २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पूर्वपक्षका लागि थुनामा रहेका थिए । थुनुवा ठाकुरको बुधबार विहान अचानक उच्च रक्तचाप भएपछि उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएको बेला विहान पौने ९ बजे मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ

ठाकुर आफ्ना कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतको आदेशमा जलेश्वर कारागारमा थुनामा थिए ।

२०७४ मंसिर ८ गते राति रञ्जनाको आफ्नै घरमा हत्या भएको अवस्थामा मंसिर ९ गते विहान शव बरामद भएको थियो । हत्यापछि रञ्जनाको माइत पक्षले ससुरा देवनारायण सहित ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

२०७३ सालमा आनन्द मोहन शर्मासंगै बौवाहिक बन्धनमा बाँधिएकी रञ्जना जनकपुरको कृष्ण नर्सिंग कलेजमा नर्स पढ्दै गरेकी थिइन् । दाईजोको कारण श्रीमान र घरपरिवारसंग सम्बन्ध चिसिएकाले उनको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *