अनलाईन न्युजपाटी, जनकपुरधाम ,समाचारदाता, भदौ ११ गते ।
धनुषामा चेकजाँच गर्ने क्रममा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका ३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार बिहान कटुवा पेस्तोल बरामद गरेको हो ।सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिनुभयो ।औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाएको छ ।