अनलाईन न्युजपाटी, विराटनगर,समाचारदाता, भदौ १२ गते ।
विराटनगर महानगरपालिका १६ मा एक युवा मृत अवस्थामा फेला परेको छन् । अन्दाजी २० देखि २५ वर्षको देखिने युवाको शव आज विराटनगर जुट मिल र सुगर मिलको सिमानामा फेला परेको हो । गहु गोरो वर्णन भएको ५ फुट १ ईन्च उचाइ, कालो छोटो कपाल , सेतो भेष्ट, सेतो हाप्पेन्ट, रातो पुरानो पेटी, हरियोमा पहेलो रङ भएको पुरानो फित्ते चप्पल लगाएको, हेर्दा मंगोलियन जस्तो देखिने नाम थर, वतन नखुलेको पुरुष मानिस मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
अत्याधिक लागूऔषध सेवन गरि ओभर डोज भएर मृत्यु भएको प्रहरीले आशंका गरेको छ । मृतक युवाको शव पोष्ट मार्टमको लागि कोशी अञ्चल अस्पतालको शव गृहमा राखिएको मोरङ प्रहरीले जनाएको छ । मृतकको आफन्त हालसम्म कोही फेला नपरेकाले मृतकको पहिचान खुलेको छैन ।