अनलाईन न्युजपाटी, कर्णाली ,समाचारदाता, भदौ १२ गते ।
केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् । कोही डुँडीमाथि राखिएको सोनाट्टा ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् । बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् ।