स्कुल जाँदै गरेकी छात्रामाथि एकाबिहानै एसिड प्रहार

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता भदौ २२ गते।

पर्साको वीरगंजमा बिद्यालय जाँदै गरेकी एक छात्रामाथी एकाबिहानै एसिड प्रहार भएको छ। त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी खातुनलाई उनकै छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्।बिहान करिब सवा ६ बजेको समयमा एक साथीसँग खातुन बिद्यालय जाने बाटो कुरेर बसेका मियाँले एसिड प्रहार गरेर फरार भएको प्रहरीले बताएको छ । 

घटनामा संलग्न समसादलाई प्रहरीले नियरुन्त्रणमा लिएको छ भने उनिसँगै रहेका मजिद आलमको खोजी कार्य भइरहेको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक अनन्त राम शर्माले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको खुल्न आएको शर्माले बताए । एसिड प्रहारबाट घाईते किशोरीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको शर्माले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *