एसिड आक्रमणबाट घाईते मुस्कान खातुनको उपचारमा प्रदेश नं २ सरकारले सहयोग गर्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता भदौ २२ गते।

वीरगञ्जमा शुक्रबार भएको एसिड आक्रमणकी पिडित बालिकाको उपचारमा प्रदेश २ सरकारले सहयोग गर्नेभएको छ ।एसिड प्रहारबाट गम्भीर घाइते वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ की १५ बर्षिय मुस्कान खातुन हाल काठमाण्डौस्थित किर्तिपुर अस्पतालमा उपचाररत छिन् ।उनको उपचारका लागी प्रदेश सरकारले पाँच लाख रुपयाँ आर्थीक सहयोग गर्ने घोषणा गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले बालिकाको उपचारमा प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने घोषणा गरेको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।उनको उपचारका लागी यसअघी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाति सांसद यादवले पनि पाँच लाख सहयोग गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *