अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता भदौ २३ गते।
अज्ञात समुहले छुरा प्रहार गरी धनुषामा एकजनाको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका १० ठेरा बस्ने ६० वर्षका रामवरण शर्माको अज्ञात व्यक्तिले छुरा प्रहार गरी हत्या गरेको हो ।आईतवार बेलुका सवा ८ बजे तारापट्टि बजारबाट घर फर्किदै गरेको बेला वडा नं. ८ कचुरी नजिकै मोटरसाईकलमा आएका दुईजना अज्ञात व्यक्तिले शर्माको घांटीमा छुरा प्रहार गरी भागेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते शर्मालाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा ल्याएको बेला मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।प्रत्यक्षदर्शीका अनुसार पहेलो रंगको मोटरसाईकलमा सवार भई आएका दुईजना अज्ञात व्यक्तिले शर्मा उपर छुरा प्रहार गरी भागेका थिए । शर्माको शव पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ ।घटनास्थलमा राति नै उपरीक्षक खनालको नेतृत्वको टोली पुगेको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको र हत्याराहरुको खोजी कार्य जारी रहेको उपरीक्षक खनालले बताउनुभयो ।