प्रदेश २ को आठवटै जिल्लामा डेंगु रोग फैलिए

अनलाईन न्युजपाटी,जनकपुरधाम  ,समाचारदाता भदौ २६ गते।

प्रदेश २ को आठवटै जिल्लामा डेंगु रोग फैलिएको छ । बिहीबार दिउँसोसम्म प्रदेश २ का आठ वटै जिल्लाका विभिन्न स्थानमा डेंगु रोगका ७२ जना विरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी विजय झाले बताए ।जसमा सबभन्दा बढी पर्सा जिल्लामा २५ जना डेंगुका बिरामी फेला परेको हो । वीरगञ्ज महानागरपालिका भित्रका १७ जना छन् भने अन्य बाहिरका छन् । उनीहरुको वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । नेर्देशनालयका अधिकृत झाका अनुसार उपक्षेत्रिय अस्पतालमा बारा पर्सा र अन्य बाहिरका गरी ३९ जना डेंगुका रिबामीको उपचार भइरहेको छ ।यस्तै बारामा सीमरा र जीतपुर नगरपालिका गरी जम्मा ८ जना, रौतहटमा चपुर नगरपालिकामा ५ जना, कटहरिया नगरपालिका र मधेपुरा गाउँपालिकामा १।१ जना गरी जम्मा ७ जना, सर्लाहीमा हिरवन नगरपालिकामा २ जना, महोत्तरीको बर्दिबास नगरपालिकामा २ र औरही नगरपालिकामा १ जना गरी जम्मा ३ जना डेंगुका बिरामी फेला परेको अधिकृत झाले जानकारी दिए ।धनुषामा धनुषाधाम नगरपालिकामा २ जना र मिथिला नगरपालिकामा १ जना गरी ३ जना, सिरहामा गोलबजार नगरपालिकामा ९ जना र धनगढी नगरपालिकामा ३ जना गरी जम्मा १२ जना र सप्तरीमा सप्तकोसी नगरपालिकामा ४ जना, कञ्चनरुप नगरपालिकामा २ जना र डाकेश्वर नगरपालिकामा १ गरी जम्मा ७ जना डेंगुका बिरामी भेटिएको छ ।बिरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले डंगु रोग रोकथामको लागि सञ्चार माध्यम तथा प्रर्चापोस्टर वितरण गरी जनचेतनामूलक प्रचार प्रसार, विज्ञापन र प्रभावित स्थलहरुमा पुगेर डेंगु रोग जाँच्ने किट उपलब्ध गराइरहेको अधिकृत झाको भनाई छ ।‘डेंगु रोग सार्ने लामखुट्टे घर र वरपर रहेका प्लास्टि, टायर, भाँडोकुडामा जमेको पानीमा फुल पार्ने एवं प्रजनन गर्ने गर्छ, त्यस्तो जमेको पानीलाई सफा गर्ने, पानी जम्न नदिने जस्तो उपाय अपनाउनुपर्छ’ अधिकृत झाले भने ‘सरसफाइमा ध्यान दिने र लामखुट्टेको टोकाईबाट बचे डेंगुबाट बँच्न सकिन्छ । डेंगु रोगको प्रकोप बढेकाले ज्वारो आएमा एकपटक जाँच गराएर मात्र औषधि खाँदा उत्तम हुन्छ । नभए डेंगु समेत भएर समयमा उपचार नभइ ज्यान जाने जोखिम हुन सक्छ । ’डेंगु रोग नियन्त्रणका लागि स्थानीय पालिकाहरु समेत सक्रिय भएर लाग्नुपर्ने अधिकृत झाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *