अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता भदौ २६ गते।
कैलालीको गौरीगंगा नगरपालिको वडा नम्बर २ को कार्यालयमा बिहीवार दिउसो अज्ञात समूहले तोडफोड गरेको छ ।दिउसो करीव १२ बजेतिर दुई वटा मोटरसाईकलमा आएका ६ जनाले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष जनक बहादुर साँउदले बताए । मास्क लगाएर आएका उनीहरुले कम्युटर प्रिन्टर, टेबल तोडफोड गरेका छन् । उनीहरुले वडा अध्यक्ष साउदमाथि समेत हातपातको कोसिस गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी भईरहेको बताए ।