जिल्ला अदालत धनुषाले बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सजायको आदेश दिए

अनलाईन न्युजपाटी, जनकपुरधाम  ,असोज २  गते ।  

बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले आजीवन जेल सजायको सुनाएको छ । धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षका विनोद मुखिया र ३३ वर्षका नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सजायको आदेश दिएको हो ।बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको जनाएको छ ।झण्डै एकवर्ष अघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केहि पर लगी बलात्कार गरी हत्या गरेका थिए । बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परे लगतै प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *