अनलाईन न्युजपाटी, जनकपुरधाम ,समाचारदाता ,असोज ५ गते ।
धनुषा
र महोत्तरीमा पानीमा डुबेर एक बालिकासहित दुईजनाको ज्यान गएको छ ।
जितिया पर्वको अवसरमा शनिवार धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुर स्थित कमला नदीमा आमासंगै स्नान गर्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।ज्यान जानेमा सिरहाको मिर्चैया नगरपालिका ६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पानीमा डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि धनुषाको गोदार स्थित समर हेल्थ केयरमा लगेको बेला मृत्यु भएको हो । बालिकाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको जनाएको छ ।यस्तै महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक महिलाको डुबेर शनिवार ज्यान गएको छ । बर्दिबास नगरपालिका १२ विजलपुरा स्थित माछा पोखरी हेरचाह गर्न बसेकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने केदार सुवेदीकी श्रीमती ३४ वर्षकी मिना सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्याय महोत्तरीले अनलाईन न्युजपाटीलाई
जनाएको छ ।