जनकपुरमा चाड पर्वको अवसरमा कालोबजारी गर्ने एकजना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी, जनकपुरधाम  ,समाचारदाता ,असोज ६ गते ।  

जनकपुरमा चाड पर्वको अवसरमा कालोबजारी गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन भने तीनजना फरार रहेका छन् । भारत विहार राज्यका सीतामढी बेसौल बस्ने ७० वर्षीय रामदेव साह पक्राउ परेका हुन् ।त्यस्तै अन्य फरार रहेका ४२ वर्षिय वृज किशोर झा, ४० वर्षीय रतन साह र ३५ वर्षीय बुधन साहको खोजी भईरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।चाड पर्वको मौका छोपी बासमती चामल हेराएर कमसल चामल दिई रहेको तथा तौलमा समेत झुक्याईरहेको सूचना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित कटैया चौरीबाट कमसल तथा कम तौल गरी बिक्री वितरण गरिरहेको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।पक्राउ परेको साहमाथि कालो बजारी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको र फरार रहेको तिनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *