महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,असोज २१ गते ।  

आज (मंगलबार) बडा दशैंको मुख्य दिन विजयादशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी हर्षोल्लासपूर्वक मनाइँदै छ ।टीका लगाउने उत्तम साइत अहिले बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार देवी विसर्जनको साइत अहिले बिहान ८:४५ बजे छ ।समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साइत खोज्नेका लागि बिहान १०:३५ बजे टीकाको उत्तम साइत रहे पनि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज दिनभर टीका लगाउन सकिन्छ ।आज  चन्द्रमा मकर राशी मा रहेकाले टीका थाप्ने मानिस पूर्व र लगाइदिनेले पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ ।टाढा जानुपर्नेले कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका लगाउने 

Leave a Reply

Your email address will not be published. Required fields are marked *