अनलाईन न्युजपाटी,जनकपुरधाम, समाचारदाता असोज २३ गते।
धनुषाको जनकनन्दनी गाउँपालिका– ३ मा आगजनीबाट ९ वटा मोटरसाइकल जलेर नष्ट भएको छ । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । ४ वटा भारतीय, ४ वटा नेपाली र एउटा वडाध्यक्ष चढने सरकारी नम्बर प्लेटको गाडी जलेर नष्ट भएको प्रहरी निरिक्षक राजन थापाले जानकारी दिए ।घटनामा तीन वटा साइकल पनि जलेर नष्ट भएको छ । गएराति करिब ३ बजे मोटरसाइकल जलिरहेको देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । घटनास्थलमा विजुलीको तार समेत चुडिएको देखिएकाले तार शर्ट भएर पनि आगजनी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताए ।