अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता असोज २९ गते।
सहयोगी बिकास बैंकका संचालक समितिका सदस्य दिपेन्द्र कुमार पक्राउ परेका छन् ।
सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवले राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा यादब पक्राउ परेका छन् ।एकजना सेवाग्राहीले संचालक समितिका सदस्य यादवकहाँ धितोको रुपमा जग्गा राखेको थियो । सो जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर भएको लामो समयपछि जालसाजी तथा ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले अभियूक्त दिपेन्द्रकुमार यादव दिपुलाई पक्राउ गर्नका लागि साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जि जारि भए लगत्तै यादब फरार भएका थिए । फरार भएको करिब २ महिना पछि यादब आज आफनो निजि निवास जनकपुर उपमहानगरपालिका वाडा नम्बर ८ बाट पक्राउ परेका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जग्गा यादवलाई व्यक्तिगत रुपमा दिएपछी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केही वर्ष्भित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले लिएको ५० लाख रुपैयाँ केहि वर्षपछि ब्याज सहित ७३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । तर पनि उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक समिती सदस्य दिपेन्द्रकमार यादव दिपुमाथि मुद्दा दायर गरेका थिए । यता पीडित लालबाबु रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा गुपचुप रुपमा यादवले २ करोड ७० लाख रुपैयाँ बेचिसकेका छन् । पीडित रौनियारले पटक–पटक यादवलाई जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बेवास्ता गर्दै आलटाल गरेपछि उनले जिल्ला प्रशासन सहित विभिन्न ठाउमा हुँदै अदालतमा समेत मुद्दा दिएका थिए ।