अनलाईन न्युजपाटी,धनुषा,समाचारदाता असोज ३० गते।
माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धनुषामा एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको हो । घटनामा दुइजना महिला घाइते भएकी छन् । पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले बताए ।ढिस्कोमा परि धनुषाधाम–२ की रिंकु यादव र ममता महतो घाएते भएकी छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।दिपालीको लागि घर लिपपोत गर्न धनुषाधाम नगरपालिका ५ नौसय स्थित माटो ल्याउन गएको बेला ढिस्को खसेपटि उक्त घटना भएको हो ।