बाराको १२ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, दुई घाईते

अनलाईन न्युजपाटी,सिमरा,समाचारदाता, असोज ३० गते।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्डको १२ किलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा निवासी २१ वर्षिया किर्ति काफ्ले रहेको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।  सोही दुर्घटनामा परी अन्य दुई जना सामान्य घाईते भएका छन् । घाईते हुनेहरुमा मृतकका बुवा ४५ वर्षिय निरुप्रसाद काफ्ले र ९ वर्षिय भाई निश्चल काफ्ले रहेका छन् । घाईतेहरुको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । सर्लाहीको बरहथवाबाट काठमाण्डौ हिडेका एकै परिवारका तीन जना सवार ना.३५ प ४२२९ नम्बरको मोटरसाईलकलाई बिपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको घाईतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक सहित चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको सिमरा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *