महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा सई पक्राउ

अनलाईन न्युजपाटी,नेपालगंज,समाचारदाता, असोज ३० गते।

नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई वमबहादुर रानालाई पक्राउ गरेको हो ।गएको असोज २६ गते आफूमाथि बलात्कार भएको भन्दै महिला प्रहरी प्रशिक्षार्थीले लिखित जाहेरी दिएपछि असोज २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरेको हो ।प्रहरी नियन्त्रणमा रहेका रानालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले नेपाल प्रहरीका सई रानाबाट आफू  दुर्व्यवहारमा परेको लिखित उजुरी परेपछि मंगलबार मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *