महोत्तरीमा एक सामुदायिक विद्यालयबाट कम्प्युटर चोरी

अनलाईन न्युजपाटी,महोत्तरी ,समाचारदाता, कार्तिक १ गते।

महोत्तरीमा एक सामुदायिक विद्यालयबाट कम्प्युटर चोरी भएको छ ।
बिहीबार राति महोत्तरीको बर्दिबास नगरपालिका ९ स्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुलाबाट १५ थान कम्प्युटर, १ थान प्रोजेक्टर र ३ थान राउटर चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।बन्द रहेको विद्यालयको ताल्चा फुटाई लाखौं मूल्य पर्ने कम्प्युटरलगायत सामान चारी भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *