बाराबाट २८ किलो चाँदीका गहनासहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज ,समाचारदाता, कार्तिक १ गते।

सशस्त्र प्रहरीले पर्सा र बाराबाट झण्डै २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्जबाट ८ किलो ८ सय ८० ग्राम चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको हो । सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनीलाई चाँदीका गरहगनासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका– १६ स्थित रजतजयन्ती ईलाका क्षेत्रबाट शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । ‘चाडवाडको मौसम छ, झोलामा पटाका लुकाएर ल्याउन सक्छन् भनेर चेकजाँचमा कडाइ गरिरहेका छौं,’ उनले भने, ‘ त्यही क्रममा एउटा अटो रिक्सामा आउँदै गरेका सहनीले बोकेको आलुको झोला चेकजाँच गर्दा चाँदी जस्तै देखिने मिश्रित चाँदीका गरगहना भेटियो ।’त्यस्तै सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ क्षेत्रबाट १९ किलो १ सय ग्राम चाँदीका गरगहनासहित अर्का एक जनालाई पक्राउ गरेको छ । बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साहलाई चाँदीका गरगहनासहित पक्राउ गरिएको हो ।मोटरसाइकलमा आलुको बोराभित्र मिश्रित चाँदीको गरगहना ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको सिम्रौनगढ नगरपालिका ७ सतुअही नाकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागञ्जका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्लले जानकारी दिए ।बरामद गरिएको चाँदी सहित अभियुक्तद्वयलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *