अनलाईन न्युजपाटी,धनुषा,समाचारदाता, कार्तिक ३ गते।
भारतबाट भन्सर छली नेपाल ल्याउँदै गरेको साढे ८ लाख बढी मूल्य बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ । धनुषाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले ८ लाख ५९ हजार २ सय १८ रुपैँया बराबरको अबैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं.८ गणबाट प्रहरी निरिक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले ४ लाख ४० हजार ६ सय ३ रुपैँया मूल्य बराबरको कपडा, किराना सामान, मोटर पार्टसहरु, पान मसलाका समान बेवारिसे अवस्थामा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट खजुरीले ९५ हजार २ सय ३७ रुपैँया बराबरको केराउ, पेपर, खेलारी, कपडा, हार्डवेयर लगायतका समान बरामद गरेको प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए । यस्तै बोर्डर आउटपोष्ट ठाडिझिझाले ३२ हजार रुपैँया मूल्य बराबरको राँगा, बोर्डर आउटपोष्ट मैनाथपुरले १ लाख ३५ हजार ३ सय ७८ रुपैँया मूल्य बराबरको कपडा किराना समान, हार्डवेयर र राजश्व भन्सार सुरक्षा बेश जनकपुरले १ लाख ५६ हजार मूल्य बराबरको छोकडा, राँगा र भगवानको फोटो बरामद गरेको उनले बताए । बरामद भएका समान जनकपुर भन्सार कार्यालय बुझाइएको प्रहरी उपरिक्षक उप्रेतीले जनाए ।