अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ७ गते।
पेट्रोल पम्प सञ्चालकको हत्या बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुर धाम अन्र्तगतका पेट्रोल पम्प बन्दको घोषणा गरेका छन् ।पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु असुरक्षित रहेको भन्दै एशोसिएसनको जनकपुर धाम अन्तर्गतका कुनै पनि पम्पबाट शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् । यस्तै, सोही दिन महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा बन्द गर्ने एशोसिएसनले जनाएको छ ।एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो ।हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो ।पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए । लेनदेन विवादमा गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।