अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता,कार्तिक ११ गते।
दीपावली गर्ने क्रममा करेन्ट लागेर महोत्तरीमा एक किशोरको ज्यान गएको छ ।ज्यान जानेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२१ का १५ वर्षीय खगेन्द्र साहको प्रहरीले जनाएको छ ।दीपावलीको अवसरमा आइतबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले परीक्षणका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाएको छ।