आज भाईबहिनीको पर्व भाईटीका, मिथिलाञ्चलमा भरदुतिया

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १२ गते।

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज  भाइटीका र  तराईमा भरदुतीयाक मनाइँदै छ।दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका  दिनमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गरिन्छ । यस वर्ष आज  टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा परेको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११:५५ बजेको समय उत्तम रहेको जनाएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । यस्तै मिथिलाञ्चलमा आज  भाईबहिनीको प्रेम प्रतिकको पर्व भरदुतिया मनाइँदैफछ । यो  पर्व मा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको  दीर्घायुको कामना गर्छन् । पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *