टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक ११ गते।

जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो  प्रहार गर्दा  ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि मृत्यु भएको डिएसपी बस्नेतले बताए।बञ्चरो प्रहार गर्ने मोतीरामका छिमेकी खुसीराम फरार छन् । सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ । फरार खुसीरामको खोजी भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *