अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक ११ गते।
अवैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको आरोपमा बझाङबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका-८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट ना६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा प्रहरी चौकी स्याडी, बझाङको टोलीले दिनेशलाई पक्राउ गरेको हो ।उनको साथबाट दुईवटा झोलामा कालो प्लाष्टिकमा राखेको १३ किलो ९०० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेश बमले जानकारी दिए ।पक्राउ परेका जप्रेललाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखी थप अनुसन्धान गरिहेको डीएसपी बमले बताए ।