अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,कार्तिक २२ गते।
उदयपुरको बेल्टारमा स्कुल बसको ठक्करबाट बिहिबार बिहान एक बृद्धाको ज्यान गएको छ । चौदण्डिगढी नगरपालिका ७ गोरेटो लाईन स्थितमा बेल्टारबाट बिरेन्द्रबजार तर्फ जादै गर्दा पारुहाङ चौकमा पारुहाङ एकेडेमी स्कुलको ना ४ ख ८१३४ नम्बरको बसले ठक्कर दिएर चौनपा ८ सिद्धिपुरकी ६० बर्षिया नम्रता थापा घाइते भएको थियो । घाईते भई उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा लगेकोमा अस्पताल पुराउन साथ डाक्टरले मृत्यु घोषणा गरेको थियो । बस र बस चालक चौदण्डीगढी नगरपालिका ७ बस्ने बर्ष ५१ को जतन श्रेष्ठ इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको छ ।